काठमाडौं ९ मा एमालेका कृष्णगोपाल निर्वाचित,ओलीले दिए सामाजिक सञ्जाल मार्फत बधाई

काठमाडाैं | मंसिर ६, २०७९

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल निर्वाचित,ओलीले दिए सामाजिक सञ्जाल मार्फत बधाई

 काठमाडौं:  काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो ।


नेता श्रेष्ठका स्वकीय सचिव विवेक महर्जनका अनुसार श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका पोखरेलले १० हजार ९६१ मत ल्याउनुभयो । यसैगरी गठबन्धन उम्मेदवार माओवादी केन्द्रका नेत्री कल्पना धमलाले ६ हजार ४०२ मत ल्याउनुभयो । 


नेता श्रेष्ठ यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा श्रेष्ठ शिक्षा तथा शहरी विकासमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 


नेता श्रेष्ठ निर्वाचित हुनुभएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । सोहीअनुसार एमालेका नेता कार्यकर्ताहरु श्रेष्ठको विजयीसँगै विजयी र्याली प्रदर्शन गर्नुभएको छ । नेता श्रेष्ठ निर्वाचित भएको विजयोत्सव भए पनि आयोगले आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको स्वकीय सचिव महर्जनले बताउनुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्